Back to News & Events
news

2080-11-19 कोशी प्रदेशले जित्यो दोस्रो राष्ट्रिय डोरीतानको उपाधी

2080-11-19 कोशी प्रदेशले जित्यो दोस्रो राष्ट्रिय डोरीतानको उपाधी
दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता २०८० को बिजेताको उपाधी कोशी प्रदेशले जितेको छ । नेपाल डोरी तान संघको आयोजनामा मिति २०८० फाल्गुन १८ र १९ गते विराटनगरमा सञ्चालन गरेको दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिताको फाइनल खेलमा कोशी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरीको टिमलाई २–० सेटको अन्तरमा पराजित गरेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी पाँच प्रदेश र तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी जम्मा आठ टिमको सहभागिता रहेको प्रतियोगिताको संयोजन तथा व्यवस्थापन कोशी प्रदेश डोरी तान संघले गरेको जानकारी नेपाल डोरी तान संघका टेक्निकल विभागका सदस्य तथा प्रतियोगिताका टेक्निकल संयोजक युवराज चौधरीले बताउनु भयो ।

आठ ओटा टिमलाई दुई समूहमा बाँडी ति समूहहरुको लिग खेल सञ्चालन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, कोशी प्रदेश र कर्णाली प्रदेश सम्मिलित समूह क बाट पहिलो भई कोशी प्रदेश र दोस्रो भई नेपाल प्रहरी सेमीफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै सशस्त्र प्रहरी बल, बाग्मती प्रदेश, लुम्विनी प्रदेश र मधेस प्रदेश सम्मिलित समूह ख बाट पहिलो भई सशस्त्र प्रहरी र दोस्रो भई मधेस प्रदेश सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनल र फाइनल खेल नकआउटका आधारमा खेलाइएको थियो । पहिलो सेमिफाइनलमा कोशी प्रदेशले नेपाल प्रहरीलाई २–० सेटले पराजित गरेको थियो । दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरीको टिमले नेपाल प्रहरीको टिमलाई २–० सेटले पराजित गरेको थियो ।
विजेता टोली कोशी प्रदेशले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद रु एक लाख प्राप्त गरेको र उपविजेता टोली सशस्त्र प्रहरी बलले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद रु पचास हजार प्राप्त गरेको जानकारी नेपाल डोरी तान संघका महासचिव विमल पौडेलले जानकारी दिनु भयो ।

प्रतियोगिताको भिडियोः
Photo Gallery
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo
Gallery Image
View Photo